Lucky-Khabar_

चीनसँगको सम्बन्ध थप सुदृढ बनाउन प्रधानमन्त्री शाहको जोड

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल र चीनबीचको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

content ad p2

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिराइमा पुर्‍याउँदै साझा हित र चासोका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने, विभिन्न विकास साझेदारीका परियोजनालाई गति दिने तथा आर्थिक र प्राविधिक सहयोगलाई थप प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

सो अवसरमा चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–चीनबीचको परम्परागत सहकार्य र द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउन आफ्नोतर्फबाट सकारात्मक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत अभियान

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

भोटेकोशी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा १५ लाख १ हजार सहयोग

लक्की खबर