Lucky-Khabar_

वीरगंजबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज ।पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित वीरगंजबाट चार जनालाई पक्राउ गरेको छ ।

content ad p2

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ६ः३० बजे वीरगंज महानगरपालिका–१०, आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।

प्रहरीले बरामद रकममा एक हजार दरका ४ हजार ५ थान गरी ४० लाख ५ हजार रुपैयाँ, पाँच सय दरका २ हजार ३ सय ५३ थान गरी ११ लाख ७६ हजार ५ सय रुपैयाँ, एक सय दरका ६ सय ४३ थान गरी ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ८४ थान गरी ४ हजार २ सय रुपैयाँ रहेको जनाएको छ ।

रकमसँगै दुवै मोटरसाइकल नियन्त्रणमा लिएर पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर