Lucky-Khabar_

वीरगंजबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज ।पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित वीरगंजबाट चार जनालाई पक्राउ गरेको छ ।

content ad p2

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ६ः३० बजे वीरगंज महानगरपालिका–१०, आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो ।

पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला डुमरा–६ का २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागर कुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।

प्रहरीले बरामद रकममा एक हजार दरका ४ हजार ५ थान गरी ४० लाख ५ हजार रुपैयाँ, पाँच सय दरका २ हजार ३ सय ५३ थान गरी ११ लाख ७६ हजार ५ सय रुपैयाँ, एक सय दरका ६ सय ४३ थान गरी ६४ हजार ३ सय रुपैयाँ र ५० दरका ८४ थान गरी ४ हजार २ सय रुपैयाँ रहेको जनाएको छ ।

रकमसँगै दुवै मोटरसाइकल नियन्त्रणमा लिएर पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

सम्बन्धित खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel