Lucky-Khabar_

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा प्रकाश उपाध्यायले युवा केवल निश्चित उमेर समूह नभई परिवर्तनको सोच, दृढ इच्छाशक्ति, सकारात्मक ऊर्जा र राष्ट्र निर्माणको क्षमता बोकेको शक्ति भएको बताएका छन्।

content ad p2

उनले युवाको सोच, सपना र कर्मले नै समाज तथा राष्ट्रको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै युवाले ठूला सपना देखेर स्पष्ट योजना र दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उपाध्यायका अनुसार चुनौती र असफलतालाई यात्राको अन्त्य नभई सिकाइको अवसरका रूपमा लिनुपर्छ। युवामा संसार परिवर्तन गर्न सक्ने क्षमता रहेकाले राज्यले उनीहरूको ऊर्जा, सिर्जनशीलता, प्रतिभा र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको उनले बताए।

नेपालमा विगतको राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण ठूलो युवा जनशक्तिको क्षमता र ऊर्जाको प्रभावकारी उपयोग हुन नसकेको उनको भनाइ छ। अवसरको अभावमा धेरै युवा विदेशिन बाध्य भएको भन्दै उनले अब युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, उनीहरूको सीप र क्षमताको सम्मान गर्ने तथा राष्ट्र निर्माणमा सहभागी गराउने नीति आवश्यक रहेको बताए।

उनले युवालाई असफलताबाट सिक्दै चुनौतीसँग जुधेर रचनात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्। युवा हुनु उमेरले मात्र निर्धारण नगर्ने भन्दै उपाध्यायले सोच, क्षमता, जिम्मेवारीबोध र सकारात्मक योगदान नै युवाको वास्तविक पहिचान भएको बताए।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवालाई शुभकामना दिँदै युवाको ऊर्जा, सिर्जनशीलता र संकल्पले समृद्ध राष्ट्र निर्माणको बाटो तय गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर