Lucky-Khabar_

एनवाइइएफ वीरगञ्ज र ईसीसीआई नयाँदिल्लीबीच समझदारीपत्रमा हस्ताक्षर

वीरगञ्ज। नेपालिज यङ इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टर र भारतको नयाँदिल्लीस्थित एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (ECCI) बीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

‘बियोन्ड बोर्डर्स : वीरगञ्ज–दिल्ली कनेक्ट २०२६’ अन्तर्गत आयोजित व्यावसायिक भेटघाट तथा छलफलका क्रममा दुई संस्थाबीच एमओयू भएको हो।

content ad p2

समझदारीअनुसार भविष्यमा संयुक्त कार्यक्रम सञ्चालन, व्यावसायिक सहकार्य, सञ्जाल विस्तार तथा ज्ञान र अनुभव आदान–प्रदानसँगै नेपालमा लगानीका अवसर प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

छलफलका क्रममा नेपालमा उत्पादित वस्तु तथा सामग्रीलाई भारतीय बजारमा प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको थियो। साथै, वीरगञ्ज र नयाँदिल्ली दुवै स्थानमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गर्ने सम्भावनाबारे समेत छलफल गरिएको जनाइएको छ।

दुई संस्थाबीचको सहकार्यले नेपाल–भारतबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउँदै युवा उद्यमीका लागि लगानी, बजार विस्तार, व्यावसायिक साझेदारी तथा नयाँ अवसर सिर्जना गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर