Lucky-Khabar_

वीरगञ्जमा गुडविल सोसाइटीका युवासँग रास्वपाका युवा नेता सुधीर पटेलको भेटघाट

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधीर पटेलले वीरगञ्जस्थित गुडविल सोसाइटीका युवा साथीहरूसँग भेटघाट तथा छलफल गरेका छन्।

content ad p2

भेटघाटका क्रममा समसामयिक राजनीति, युवाको भूमिका तथा सामाजिक क्षेत्रमा युवाहरूको सक्रियताका विषयमा छलफल भएको जनाइएको छ।

युवा नेता पटेलले युवाको सहभागिता र नेतृत्वले समाज तथा देशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। भेटघाटमा गुडविल सोसाइटीमा आबद्ध युवाहरूको समेत सहभागिता रहेको थियो।

भेटघाटलाई आगामी दिनमा युवाहरूबीच सहकार्य र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण रूपमा लिइएको बताइएको छ।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर