Lucky-Khabar_

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

वीरगञ्ज । सामाजिक सञ्जाल र देखावटी जीवनशैलीको बढ्दो प्रभावसँगै मानिसहरू आफ्नो जीवनलाई अरूसँग तुलना गर्ने प्रवृत्ति बढेको भन्दै बिमल सर्राफले यसले समाजमा ईर्ष्या, जलन र मानवीय संवेदना कमजोर बनाउँदै गएको बताएका छन्।

content ad p2

सर्राफका अनुसार अरूको सफलता देखेर प्रेरणा लिनुपर्नेमा त्यसलाई आफ्नो असफलतासँग तुलना गर्ने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो। उनले सफलता सबैका लागि एउटै नहुने भन्दै कसैका लागि धन र रोजगारी सफलता भए पनि कसैका लागि परिवारको खुसी, सामाजिक सम्मान र मानसिक शान्ति नै ठूलो उपलब्धि हुन सक्ने बताए।

उनले असफलतालाई अन्त्यका रूपमा नभई सिक्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। सम्बन्धमा प्रेम र सम्मान कायम राख्न संवाद, समझदारी तथा सकारात्मक सोच आवश्यक रहेको उनको भनाइ छ।

“कसैको सफलता हाम्रो हार होइन र कसैको खुसी हाम्रो कमी होइन,” सर्राफले भने, “समाजलाई अहिले ईर्ष्या होइन, प्रेरणा; घृणा होइन, प्रेम र तुलना होइन, सहयोग आवश्यक छ।”

अरूको सफलतामा पनि मनदेखि खुसी हुन सक्नु नै साँचो मानवीयता भएको उल्लेख गर्दै सर्राफले सामाजिक सञ्जालको देखावटी प्रतिस्पर्धाबाट टाढा रही मानवीय सम्बन्ध, सहकार्य र सकारात्मक सोचलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

सम्बन्धित खबर

त्रिशूली नदी किनारमा भेटिएको सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझायो

लक्की खबर

रसुवा बाढीमा बेपत्ता २७ प्रहरीको सूची सार्वजनिक, एक जनाको शव भेटियो

लक्की खबर

पूर्वप्रधानमन्त्री सुशीला कार्कीद्वारा बाढीपीडितका लागि एक महिनाको पेन्सन सहयोग

लक्की खबर