Lucky-Khabar_

बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजद्वारा ५१ लाख सहयोग

राम आर्य
काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

content ad p2

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार उक्त सहयोग बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धारका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो।

त्यसैगरी, जगदम्बा इन्टरप्राइजेजले बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यका लागि आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसबाट विपद्पछि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको सहयोगले विपद्बाट प्रभावित नागरिकलाई केही राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरे। उनले विपद्का समयमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर