Lucky-Khabar_

भदौ २३ गते जेनजी शहीद दिवसमा देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

content ad p2

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम्मानस्वरूप भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए।

सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ। उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर