Lucky-Khabar_

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले रसुवाको बाढीमा बेपत्ता भएका पकहामैनपुर गाउँपालिका–धोरेका विकास बर्नवालको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन्।

content ad p2

बर्नवालको खोजीका क्रममा कुशको शव बनाई अन्त्येष्टि गर्ने कार्यक्रमबीच सांसद चौरसिया रौनियारको घरमा पुगेर उनका आमाबुबा तथा परिवारका सदस्यलाई भेटेका हुन्। उनले दुःखद् घटनाप्रति समवेदना व्यक्त गर्दै परिवारलाई धैर्यधारण गर्न र हिम्मतका साथ परिस्थितिको सामना गर्न आग्रह गरे।

यसै क्रममा सांसद चौरसियाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न गाउँमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा छलफलसमेत गरेका छन्। उनले स्थानीय जनताका समस्या, क्षेत्रका कमीकमजोरी तथा आवश्यक विकास निर्माणका विषयमा जानकारी लिँदै आगामी दिनमा गर्नुपर्ने कामबारे स्थानीयसँग सरसल्लाह गरेका थिए।

जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै स्थानीय तहमा देखिएका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने उद्देश्यले गाउँ–गाउँमा पुगेर नागरिकसँग छलफल गरिएको सांसद चौरसियाले बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, रास्वपा पर्साका जिल्ला उपसभापति दिलिप कुर्मी तथा सांसद चौरसियाका स्वकीय सचिव प्रदीप पटेलको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर