Lucky-Khabar_

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै महिलाले प्रसूति गराएको घटनामा सरकारले छानबिन अघि बढाउँदै ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

content ad p2

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएकी हुन् ।

घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठसहित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली राजविराज पुगिसकेको मन्त्री मेहताले बताइन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छुट्टै समिति गठन गरी घटनाको अनुसन्धान थालेको छ ।मन्त्री मेहताका अनुसार गत भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथाले च्यापेपछि ३० वर्षीया बबिताकुमारी पासवान गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । उनलाई अस्पतालको प्रसूति वार्डमा रहेको बेड नम्बर २४ मा भर्ना गरिएको थियो ।

अस्पतालले पुरानो ल्याब रिपोर्ट नभएको भन्दै केही परीक्षण गर्नुपर्ने बताएपछि बिरामी र उनका कुरुवा वार्डबाट बाहिरिएको प्रारम्भिक विवरणमा उल्लेख छ । त्यसपछि बिहान ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर सडकपेटीमै उनले बच्चालाई जन्म दिएकी थिइन् ।अस्पताल प्रशासनले भने सुत्केरी भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले नाल काटेर अस्पतालमै बस्न आग्रह गर्दा पनि उनीहरू बाहिरिएको दाबी गरेको छ । घटनाको वास्तविकता भने छानबिनपछि मात्रै स्पष्ट हुने बताइएको छ ।

मन्त्री मेहताले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा खेलबाड गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिन् । छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएका कर्मचारीमाथि कडा कानुनी कारबाही गरिने उनले स्पष्ट पारिन् ।यस्ता संवेदनशील घटना आगामी दिनमा अन्य अस्पतालमा समेत दोहोरिन नदिन स्वास्थ्य मन्त्रालयले देशभरका अस्पताल प्रशासनलाई गम्भीर सचेत गराएको मन्त्री मेहताले जानकारी दिइन् ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर