Lucky-Khabar_

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट कालोबजारीका लागि लगिँदै गरेको ७०५ थान एलपी ग्यास सिलिन्डर बरामद गरेको छ।

content ad p2

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले दुईवटा ठूला ट्रकमा अवैध रूपमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा ती सिलिन्डर नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बसुन्धरास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक मोरङको ग्रामथान गाउँपालिका–२ का ३८ वर्षीय दिनेश लुइँटेललाई पक्राउ गरेको छ।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा लुइँटेलले ग्यासको अभावलाई मौका बनाएर उपभोक्ताबाट मनोमानी रूपमा चर्को मूल्य असुल्दै आएको खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका लुइँटेलले प्रतिसिलिन्डर २ हजार ७५० रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको पाइएको छ। नयाँ सिलिन्डरको भने ५ हजार रुपैयाँसम्म असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बरामद भएका सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका रहेको प्रहरीले जनाएको छ।प्रहरीले चाडपर्व तथा अन्य अवसरमा ग्यासलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर