Lucky-Khabar_

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

वीरगञ्ज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सम्पन्न भएको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बिदाइ तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।

content ad p2

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि रेग्मी, शिवजी कलवार, माधव राजपाल, सञ्जय अग्रवाल, अशोक वैद्य, ममता विद्या मन्दिर (एमभीएम) कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रतापलगायत उद्योगी–व्यवसायी, सामाजिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले राजदूत श्रीवास्तवसँग भेटघाट गर्दै नेपालमा उहाँले निर्वाह गरेको कूटनीतिक भूमिका तथा नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्‍याएको योगदानको चर्चा गरेका थिए। सहभागीहरूले श्रीवास्तवको कार्यकालमा भएका भेटघाट, सहकार्य तथा द्विपक्षीय सम्बन्धसँग जोडिएका अनुभवसमेत साझा गरेका थिए।वीरगञ्जका लागि भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले राजदूत श्रीवास्तवलाई आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। उनले श्रीवास्तवको आगामी यात्रा सफल रहोस् भन्दै सुख, समृद्धि र निरन्तर सफलताको कामना गरे।

कार्यक्रममा सहभागीहरूले श्रीवास्तवलाई कुशल कूटनीतिज्ञ तथा प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँसँगको भेटघाट र सहकार्यलाई स्मरणीय रहेको बताए।नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यरत रहँदा श्रीवास्तवले नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा विभिन्न क्षेत्रका सरोकारवालाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गरेका थिए।

वीरगञ्जमा आयोजित बिदाइ तथा भेटघाट कार्यक्रममार्फत श्रीवास्तवको नेपालस्थित कार्यकाललाई औपचारिक रूपमा बिदाइ गरिएको हो। कार्यक्रममा सहभागीहरूले आगामी दिनमा पनि नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यापारिक सहकार्य तथा आपसी साझेदारी अझ बलियो हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर