१० असोज,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–स्थित श्री जानकी राजेश आधारभूत विद्यालयका करारमा कार्यरत प्रधानाध्यापक रामदिनेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालयमा सरुवा भएर आएका स्थायी शिक्षकहरूलाई नियतवश हाजिर हुन नदिएको आरोपमा इलाका प्रहरी कार्यालय पोखरियाले प्रधानाध्यापक पण्डितलाई नियन्त्रणमा लिएको हो।
सरुवा भएर आएका शिक्षकहरूलाई विद्यालयमा हाजिर गराउन उच्च अदालतबाट समेत आदेश जारी भएको बताइएको छ। तर उक्त आदेशको समेत कार्यान्वयन नगरी प्रधानाध्यापक पण्डितले शिक्षकहरूलाई विद्यालयमा हाजिर हुन नदिएको आरोप लागेको छ।
अदालतको आदेश कार्यान्वयन नगरेको तथा सरुवा भएर आएका शिक्षकहरूलाई विद्यालयमा हाजिर हुनबाट रोक लगाएको विषयमा परेको उजुरी र प्राप्त प्रमाणका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पण्डितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
साभार-त्रिलोकखबर.कम


