मनाङ । मनाङको हिम्लुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। खोज तथा उद्धारका क्रममा थप ३ जनाको शव फेला परेपछि मृतकको संख्या ७ पुगेको हो।

हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा थप शव फेला परेको जनाइएको छ। घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।
हिमपहिरोमा परेर बेपत्ता तथा प्रभावितहरूको थप विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


