वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुको सहभागितामा विभिन्न वडामा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।

प्राप्त कार्यक्रम तालिकाअनुसार आगामी २०८३ असोज ३१ गते शनिबार बिहान ८.०० बजेदेखि क्षेत्रका विभिन्न वडामा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रमअन्तर्गत वडा नम्बर २९, २८, २७, २६, २४, २५ र १७ लगायतका वडामा छुट्टाछुट्टै समयमा भेटघाट गर्ने तालिका बनाइएको छ। कार्यक्रम बिहान ८ बजेदेखि सुरु भई साँझसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ।
कार्यक्रममार्फत स्थानीयवासीसँग प्रत्यक्ष संवाद, जनगुनासो सुन्ने तथा आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको बुझिएको छ।


