Lucky-Khabar_

तीन जिल्लाका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सम्बन्धित जिल्लाका भूमि समस्या समाधान समितिमार्फत उनीहरूलाई जग्गाको कानुनी स्वामित्व हस्तान्तरण गरिएको हो।

content ad p2

लालपुर्जा प्राप्त गर्नेमा चितवनको इच्छाकामना गाउँपालिका–७ का ३३ परिवार, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ परिवार र रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १६ परिवार रहेका छन्।

चितवनमा ३२ भूमिहीन सुकुमवासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन्। त्यस्तै, झापामा सात अव्यवस्थित बसोबासी परिवार तथा रुपन्देहीमा १४ भूमिहीन दलित र दुई सुकुमवासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।

वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्व नहुँदा विभिन्न समस्या भोगिरहेका परिवार लालपुर्जा पाएसँगै औपचारिक रूपमा जग्गाधनी बनेका छन्। यसबाट उनीहरूलाई जग्गामाथिको कानुनी अधिकार सुनिश्चित हुनुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले देशभरका भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले लालपुर्जा वितरण अभियान अघि बढाएको छ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कानुनी अड्चन नरहेका क्षेत्रमा भूमिहीनलाई जग्गाको अधिकार दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर