३०श्रावण, भारत| बलिउडका अभिनेताले आफ्नो दक्षता अनुसार पारिश्रमिक लिने गर्छन।त्यस्तै बलिउडमा सर्वाधिक धेरै कमाइ गर्ने अभिनेत्रीहरुको सुची यस्ता छन् :-

१.ऐश्वर्या राय
सुन्दरताका कारणले बलिउडमात्र नभई दुनियाभरका प्रशंसकको मनमा बस्न सफल ऐश्वर्या राय सन् १९९४ की मिस वल्र्डसमेत हुन्। कलिलो उमेरमै मोडलिङ गरेकी उनको फिल्मी करिअर लामै छ। उनले १० करोड भारुसम्म पारिश्रमिक लिने गरेकी छन्।



2.अनुष्का शर्मा
अभिनेत्री तथा मोडल अनुष्का शर्मा आफ्ना सुरुवाती दिनमा धेरै कामबाट रिजेक्ट भएकी थिइन्। बलिउडमा निकै संघर्ष गरेकी उनी हाल महंगी अभिनेत्रीमा पर्छिन्। अनुष्काले एक फिल्मका लागि ८ देखि १२ करोडसम्म भारु लिने गरेकी छन्।

३.विद्या बालन
बलिउड फिल्म उद्योगकी सफल र लोकप्रिय अभिनेत्री विद्या बालन पनि कमँइको मामलामा उत्कृष्ट १० मा पर्छिन्। विद्याले ८ देखि १४ करोडसम्म भारु लिने गरेकी छन्।

४.श्रद्धा कपूर
बलिउडका प्रेम कथामा आधारित फिल्ममा निकै रुचाइएकी अभिनेत्री श्रद्धा कपूर पनि सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्। उनले आफ्नो पारिश्रमिक १५ करोड भारुसम्म राखेकी छिन्। उनी अभिनेत्रीका साथसाथै गायिकासमेत हुन्।
५.प्रियंका चोपडा
प्रियंका चोपडाले बलिउडका मात्र नभई हलिउड फिल्ममा समेत काम गरिसकेकी छन्। उनी बलिउड फिल्म उद्योग क्षेत्रमा सबैभन्दा बढी कमाइ गर्ने नायिकाको तेस्रो नम्बरमा छिन्। उनले एक फिल्मका लागि १५ करोड भारुसम्म लिने गरेकी छन्।

६.करिना कपूर
बलिउडकी सफल अभिनेत्री करिना कपूर दुई सन्तानकी आमा भएपछि पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय छिन्। करिनाले ६ पटकसम्म फिल्म फेयर अवार्ड प्राप्त गरिसकेकी छन्। बलिउडमा बेबो भनेर चिनिने उनको पारिश्रमिक ८ देखि १८ करोड भारु।


७.आलिया भट्ट
बलिउडका टप निर्देशक महेश भट्टकी छोरीसमेत रहेकी अभिनेत्री आलिया भट्ट बलिउडको नेशनल फिल्म अवार्ड, ६ वटा फिल्म फेयर अवार्ड र तीन आइफा अवार्डसहित बलिउडका विभिन्न प्रतिष्ठित अवार्ड जित्ने अभिनेत्री हुन्। उनी भारतमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीको पा“चौ नम्बरमा पर्छिन्। उनले एक फिल्मका लागि १० देखि २० करोड भारुसम्म लिने गरेकी छन्।
सम्म रहेको छ

८.कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफको लोकप्रियता पनि निकै छ। सुन्दरतास“गै कमाइको ममलामा पनि उनी अघि नै छिन्। उनले एक फिल्मका लागि १५ देखि २५ करोड भारुसम्म लिने गरेकी छन्।

९. कंगना रनावत
तीन पटकसम्म भारतको नेशनल फिल्म अवार्ड जित्न सफल अभिनेत्री कंगना रनावत हाल लोकसभाकी सांसद छिन्। आईएमबीडिएसको रिपोर्टअनुसार पछिल्लोसमय फिल्ममा अभिनय गर्न कंगनाले निर्माताबाट १५ देखि २७ करोड भारुसम्म लिने गरेकी छिन्।

१0.दीपिका पादुकोण
दीपिका पादुकोणले बलिउडमा सफल हुन ठूलै मिहिनेत गरेकी छन्। भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक मानिने उनका प्रशंसक करोडौं छन्। उनले पारिश्रमिकका रूपमा एक फिल्मका लागि १५ देखि ३० करोड भारुसम्म लिने गरेकी छन्।
प्रतिक्रिया



