
बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले सो निर्णय गरेको हो । उक्त भेलाले राष्ट्रिय भेला गर्नुभन्दा अगाडि सातै प्रदेशमा भेला गर्ने जनाएको छ ।
पार्टीको राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्प दौरानमा छलफल भएका ६ वटा विषयमा छलफल गर्ने बताइएको छ । पार्टीले गरेको क्लोज क्याम्पमा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लव÷लिडरसिप एकेडेमी लगायत विषयमा छलफल भएको थियो भनी जानकारी प्राप्त भएको छ।


