Lucky-Khabar_

धनुषामा एकजनाको बेल्चाले हानेर हत्या

१४ भदौ,वीरगञ्ज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगमको डिपोमा सामान्य विवाद हुँदा एकजनाको बेल्चाले हानेर हत्या गरिएको हो ।

धनुषा प्रहरीका अनुसार हत्या हुनेमा सिरहा नगरपालिका वडा नम्बर ३ निजासी राकेश कुमार बर्मा रहेका छन् । डिपोको फोहोर उठाउने विषयमा सामान्य विवाद हुँदा बर्माको हत्या गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
फोहोर उठाउने विषयमा विवाद हुँदा ज्यालादारीमा काम गर्ने अर्का कर्मचारीले बेल्चाले प्रहार गर्दा बर्माको मृत्यु भएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।

content ad p2

उनका अनुसार दुबै जनाबिच आज विहान साढे दशबजे नेपाल आयल निगमको डिपोमा विवाद भएको थियो । हत्या गर्ने धनुषा वडा नम्बर ४ निवासी प्रकाश यादवलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका यादवसंग घटनाबारे सोधपुछ चलिरहेको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार मृतक पूर्व पत्रकार पनि थिए भनि जनाए ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर