Lucky-Khabar_

नेकपा माओवादीका २८ वर्षीय सुनिल धनुषाधाम-१ वडाध्यक्षकमा निर्वाचित

१७मन्सिर्, धनुषा | नेकपा माओवादीका २८ वर्षीय सुनिल धनुषाधाम-१ वडाध्यक्षकमा नेपाली काँगेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाको गृह वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार २८ वर्षीय सुनिल कापर केवट निर्वाचित भएका हुन्।

content ad p2


माओवादीका कापरले ६ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनको निकट प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार ३२ वर्षीय अशोक कुमार ६ सय २ मत प्राप्त गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका २९ वर्षीय उम्मेदवार अजय कुमार यादव ४ सय ९९ मत ल्याएर तेस्रो भए । नेकपा एमालेका उम्मेदवार ४९४ मतसहित चौथों स्थानमा झरेका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट दोस्रोपट वडाध्यक्षमा निर्वाचित वडाध्यक्ष विश्वनाथ यादवको निधन भएपछि यहाँ उप–निर्वाचन भएको हो। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका माओवादीका कापर उप–निर्वाचनमा जित हात पार्न सफल हुँदा दोस्रो भएका एमालेका यादव यसपटक चौथों स्थानमा पुगेका छन्।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर