Lucky-Khabar_

नेपाली काँग्रेसकाअर्जुन तिवारी हेटौंडा-१२ को वडाध्यक्षमा विजयी

१७मन्सिर्, हेटौंडा | हेटौंडा स्थित वडा नम्बर १२ मा भएको स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गतको निर्वाचनमा नेपाली काँग्रेसका अर्जुन तिवारी विजयी भएका छन् ।

तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ मतको फराकिलो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्। प्रधानले १५६० मत प्राप्त गरेका छन् ।

content ad p2

चुनावी प्रतिस्पर्धामा तेस्रो भएका नेकपा एमालेका राजेश नगरकोटीले १३९८ मात्रै मत ल्याए । यस्तै १२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रेमबहादुर भ्लोनले १७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बलले ८३ मत ल्याएका छन् । नेकपा (एकीकृत समाजवादी)का बलराम बलले ७३ मत पाएका छन् । ७८ मत बदर भएको छ।

वडाध्यक्षमा निर्वचित तिवारी २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा पनि १२ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार थिए । यसअघि उक्त वडाबाट नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा गएसँगै रिक्त रहेको स्थानमा निर्वाचन भएको हो ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर