Lucky-Khabar_

रास्वपाका सभापति रवि लामिछानेलाई आज वीरगञ्ज ल्याँउदा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि समर्थकको प्रदर्शन

२४ मंसिर,वीरगञ्ज ।रास्वपाका सभापति रवि लामिछानेलाई आज वीरगञ्ज ल्याउने भएपछि रास्वपाका कार्यकर्ताहरुले आज जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेका छन् ।

रास्वपा पर्साको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपाका सभापति रबि लामिछानेलाई रिहाईको माग गर्दै प्रदर्शन गर्ने भएका हुन् । रबि लामिछानेको समर्थनमा प्रदर्शन गर्न रास्वपाको स्थानीय तहदेखिका नेता कार्यकर्ताहरु भेला जम्मा भएका थिए ।

content ad p2


रबि लामिछानेलाई पर्सा ल्याउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शनमा सबै नेता एवं कार्यकर्ताहरु बिभिन्न नारा सहित बिरोध जुलुस एवं धर्नामा बसेका थिए |
त्यस्तै लामिछाने पर्सा जिल्ला प्रहरी कार्यालय पर्सा आईपुग्दा केहिबेर प्रहरी र रास्वपा कार्यकर्ता बीच धकेला धकेला भई तनाव समेत भएका थिए |

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर