१२ माघ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति आज शनिबार बैठक सुरु भएको छ।

वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव तथा संघीय खानेपानीमन्त्री प्रदीप यादवले जनाएका हुन्।
‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ। बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ।’मन्त्री प्रदीप यादवले |
उक्त बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष माननीय रञ्जु झाको सहभागि रहेको बताइएको छ।
बैठक आज र भोली गरी २ दिन सम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ।




