Lucky-Khabar_

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा आजै सर्वोच्चको आदेशको तयारी, रास्वपा समर्थक सर्वोच्च परिसरमा जुटिए

सुनुवाइ र आदेशको तयारी
शुक्रबार (९ जेठ) न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलाशमा रिटमाथि सुनुवाइ सम्पन्न भएको थियो। अदालत स्रोतका अनुसार आदेश तयारीको अन्तिम चरणमा पुगेको छ र न्यायाधीशद्वयले ढोका बन्द गरी आदेश लेखिरहेका छन्।

content ad p2

सर्वोच्च परिसरमा भीड
सर्वोच्च परिसरमा रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपा समर्थकहरूले नाराबाजी गरिरहेका छन्। ‘रिहा गर’, ‘न्याय देऊ’ जस्ता नारासँगै समर्थकहरूको उपस्थिति बाक्लो छ। संचारकर्मी र कानुनी क्षेत्रका व्यक्तिहरूको चासो पनि बढ्दो छ। रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि अदालत परिसरमै उपस्थित छिन्।

सहकारी ठगी प्रकरणको पृष्ठभूमि
लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा संलग्न भएको आरोपमा अनुसन्धान सुरु गरिएको थियो। पहिला रुपन्देही जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, तर उच्च अदालत बुटवलले उक्त आदेश उल्टाउँदै थुनामा पठाएको थियो।

त्यसैपछिको कदमस्वरूप सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो।

प्रभावको आँकलन
आज आउने आदेशले रवि लामिछानेको राजनीतिक भविष्य, रास्वपाको नेतृत्व, सहकारी ठगी मुद्दा, र समग्र नेपाली राजनीतिमा महत्वपूर्ण असर पार्न सक्ने देखिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर