Lucky-Khabar_

नेपाल औषधी व्यवसायी संघ पर्साको अध्यक्षमा अंसारी र महासचिवमा सर्राफ चयन

१२भदौ, बिरगंज। नेपाल औषधी व्यवसायी संघ पर्साको अध्यक्षमा ताजमुदिन अंसारी चयन भएका छन् । सहमतिय प्रणालीबाट अंसारीको अध्यक्षतामा पर्सा शाखा कार्यसमिति चयन भएका हो ।

content ad p2

संघको वरिष्ठ उपाध्यक्षमा बिश्वराज गौतम, उपाध्यक्ष(आयात÷थोक)मा राहुल खण्डेलवाल, उपाध्यक्ष (खुद्रा) मोहम्मद हफिजुल्लाह, महासचिवमा प्रमोद कुमार सर्राफ, सचिवमा श्रीराम पाण्डेय, कोषाध्यक्ष– रामबाबु साह र उप– कोषाध्यक्षमा राम बिनोद प्रसाद रहेका छन् ।

सदस्यहरुमा किशोर शाह, प्रभु प्रसाद सोनार, प्रेमचन्द्र दुबे, निलमाणि माली, रामप्रवेश राय यादव, अशोक चौधरी, जयनाथ प्रसाद साह रहेका छन् । महासचिव प्रमोद कुमार सर्राफकाअनुसार सहमतिबाट कार्यसमिति चयन भएका छन् ।

यसअघि असार ८ गते संघको निर्वाचन गराउने तयारी थियो । उम्मेदवारीमा दाबी विरोध परेपछि निर्वाचन समितिले उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर