Lucky-Khabar_

भिस्तारा एयरलायन्सको जहाजमा भेटिएन शंकास्पद् बस्तु बम

६ कात्तिक, काठमाडौं | भिस्तारा एयरलायन्सको जहाजमा शंकास्पद् बस्तु बम फेला नपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए।

content ad p2

शंकास्पद् बस्तु फेला नपरेपछि भिस्तारा एयरलायन्सको VTI155 कलसाइन भएको एयरबस नयाँ दिल्ली फर्किने तयारी गरेको छ।

बमको सूचना आएपछि नेपाली सेनाको टोलीले जहाजमा सवार यात्रु, यात्रुका लगेज र जहाजको समेत परीक्षण गरेको थियो। सुरक्षाकर्मीले कुकुरसहितको टोली परिचालन गरेर सर्च अपरेशन गरेको थियो। चेकजाँचमा केही नभेटिएपछि यात्रुहरूलाई पनि लगेज दिएर पठाएको प्रवक्ता शेर्पाको भनाइ छ।

त्यस्तै भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको UK155 उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको थियो। दिल्लीस्थित भिस्तारा एयरलाइन्सका अधिकारीले कसैले फोन गरेर काठमाडौं उडेको जहाजमा बम भएको बताएपछि त्यहाँबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर आएको थियो। उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर