२६ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख भन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

उक्त ट्रक वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकबाट ८५ लाख ७० हजार २४० रुपैयाँ बराबरको खुद्रा तथा औषधीहरु बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

विलविजक भन्दा बढीको सामानसहित नियन्त्रीत ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ भनि प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताएको छ ।



