Lucky-Khabar_

उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सकियो , ६२ प्रतिशत मत खस्यो

१६ मंसिर,काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा मतदान भएको छ।नगरपालिका प्रमुख १, उपप्रमुख १ , गाउँपालिका अध्यक्ष २ , उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।

content ad p2


तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलनलगायतको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले जनाए अनुसार करिब ६२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने आयोगले जनाएको छ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालिगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहतको ईशनाथ नगरपालिका–७, रौतहटका राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ मा निर्वाचन भएको हो।

काठमाडौंको काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिका–१ र ४, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका–५ वडाध्यक्ष पदका लागि निर्वाचन जारी छ।

दैलेखको दुल्लु नगरपालिका–१३, जाजरकोटको कुसे गाउँपालिका–७, कालीकोटको तिलागुफा नगरपालिका–४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, बझाङको सूर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

त्यस्तै यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर