Lucky-Khabar_

उपनिर्वाचनको मतगणना परिणाममा कुनठाउमा को दलले कहाँ जिते ?

१७मनसिर्,बिरगंज। स्थानीय तहको उपनिर्वाचन अन्तिम पछिल्लो मतपरिणाम अनुसार प्रमुख राजनीतिक दलहरूले विभिन्न क्षेत्रमा आफ्नो प्रभाव देखाएका छन्। नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वडामा वडाध्यक्ष पदमा जित हात पारेको छ भने एमालेले ५ वटा वडामा वडाध्यक्षसहित एक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ। त्यस्तै, माओवादी केन्द्रले ५ वडासहित एक गाउँपालिका अध्यक्ष र उपमेयर पद जितेको छ। जनता समाजवादी पार्टी (जसपा) ले दुई वडामा विजय प्राप्त गरेको छ।

content ad p2

त्यसैगरि, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्ष पद जितेका छन्।

दलगत जितको विवरण
नेपाली कांग्रेसले जितेका वडा
हेटौँडा उपमहानगरपालिका–१२: अर्जुन प्रसाद तिवारी
भीमदत्त नगरपालिका–६: प्रकाश चन्द
बर्दिया ठाकुरबाबा नगरपालिका–४: अमिन थारु
गढी गाउँपालिका–६: तेतर साहु
राजपुर नगरपालिका–६: समसे आलम
रुन्टीगढी गाउँपालिका–४: भूपमणि पुन मगर
ईशनाथ नगरपालिका–७: शेख अब्दुल खलिक
सानीभेरी गाउँपालिका–५: मोतीराम खत्री
कीर्तिपुर नगरपालिका–१: इच्छाकुमार महर्जन
डोटी पूर्वीचौकी गाउँपालिका–६: मोहन थापा
लालीगुराँस नगरपालिका–८: नगेन्द्र लिम्बु
दुहुँ गाउँपालिका–५: धनसिंह कुँवर
कुशे गाउँपालिका–७: खम्ब बहादुर सिंह
गुल्मी मुसिकोट नगरपालिका–१: आनन्द श्रेष्ठ
बझाङ सुर्मा गाउँपालिका–४: धीरेन्द्र पुजारा
एमालेले जितेका पालिका र वडा
दैलेख महाबु गाउँपालिका अध्यक्ष: जंगबहादुर शाही
बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष: सुलोचनाकुमारी भण्डारी
शुद्धोधन गाउँपालिका–१: मोहमद ताहिर मुसलमान
रामगोपालपुर नगरपालिका–२: सकिवुल खाँ
दुल्लु नगरपालिका–१३: लालबहादुर शाही
मोलुङ गाउँपालिका–५: गंगाबहादुर तामाङ
सिरीजंगा गाउँपालिका–३: कुमारी सावादेन
माओवादी केन्द्रले जितेका पालिका र वडा
ग्रामथाम गाउँपालिका अध्यक्ष: नमोनारायण माझी
नलगाड नगरपालिका उपमेयर: देवका लामिछाने
नुवाकोट ककनी गाउँपालिका–२: कृष्ण घिमिरे
उदयपुर त्रियुगा नगरपालिका–१२: नवीनकुमार वान्तवा
धनुषा नगरपालिका–१: सुनिल काफर केवट
गोरखा नगरपालिका–५: विष्णुबहादुर मगर
पुथा उत्तरगंगा–२: जगत घर्ती (निर्विरोध)
अन्य दल र स्वतन्त्र उम्मेदवार
रास्वपा: काठमाडौं महानगरपालिका–१६, रोजिना श्रेष्ठ
एकीकृत समाजवादी: रौतहट गढीमाई–८, बजरंगीप्रसाद यादव
जसपा:
सप्तरी डाक्नेश्वरी–१: धिरेन्द्रकुमार साह
डाक्नेश्वरी–४: देवेन्द्रप्रसाद यादव
नेमकिपा: कालिकोट तिलगुफा–४, खड्कराज शाही
स्वतन्त्र उम्मेदवार: लक्ष्मीप्रसाद ओली
परिणाम आउन बाँकी स्थानहरू
डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–५
कीर्तिपुर नगरपालिका–४
बेलका नगरपालिका–९
कीर्तिपुर नगरपालिका प्रमुख
गौरिशंकर गाउँपालिका उपाध्यक्ष

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर