Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिअमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न सरकारलाई प्रचण्डको आग्रह

२४ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय व्यवहार रोक्न आग्रह गरेका छन्।

content ad p2

सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको उल्लेख गरेका छन्।


‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा.रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ प्रचण्डले लेखेका छन्।


कास्कीबाट रुपन्देही, चितवन, काठमाडौं पुर्याइएका लामिछानेलाई अहिले पर्सामा परेको उजुरीका आधारमा बयानका लागि वीरगञ्ज पुर्याइएको छ। उनले प्रहरीले हिरासतका क्रममा आफूमाथि दुर्व्यवहार गरिएको बताउँदै आएका छन्।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर