Lucky-Khabar_

बेवारिसे स्कार्पियो प्रहरीले भन्सारमा बुझायो

२१ पुस,रौतहट। बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी रौतहट प्रहरीले जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।

content ad p2


विआर ०१ पी एल ९३८७ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले आज १ सूचना जारी गर्दै सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा भन्सार छलीको स्कार्पियो गाडी चलाईरहेको सूचनाको आधारमा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।

पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा कोही न आउँदा बाध्य भएर भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौं देखि दुई देशबीच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउँजाउँ हुँदै आएको छ।

सम्बन्धित खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

सम्पत्ति छानबिनमा न्यायाधीशलाई समेटिएको विषयमा सर्वोच्चको ‘कारण देखाऊ आदेश’

लक्की खबर

अस्पतालको ३८ लाख हिनामिना प्रकरण: मेसु र बैंक कर्मचारीसहित पाँच जना पक्राउ

लक्की खबर