Lucky-Khabar_

६५ लाख धरौटीमा रवि लामिछानेलाई रिहा गर्न आदेश

२५ पुस, कास्की | पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपितमा  धरौटीमा रिहा हुने भएका छन्।

content ad p2

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

कास्की जिल्ला अदालतमा बुधबार प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहसका क्रममा सहकारी ठगी गरेको पर्याप्त प्रमाण भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने तर्क गरेका थिए।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । यही पुस ७ गते सरकारी वकिलको कार्यालय,कास्कीले सहकारी ठगीको आरोपमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेसँगै पूर्वडीआईजी जोशी, छविलाल,लिला,रामबहादुर,मीना,कृष्णबहादुर र आरतीविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो माग गरेको थियो। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड,३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको थियो ।

सम्बन्धित खबर

जसपा नेपालको भावी नेतृत्वबारे चर्चामा अमरेन्द्र यादवको पनि नाम जोडियो

लक्की खबर

कमन जेनजी नेपालको केन्द्रीय समिति विकेश साहको अध्यक्षमा पुनर्गठन

लक्की खबर

रवि लामिछानेको पहलमा खुल्यो संसद, हर्क साम्पाङको असहमति कायम

लक्की खबर