Lucky-Khabar_

जसपामा नेपाल परिवार दलका केन्द्रीय सदस्य पटेल प्रवेश

६माघ्,बिरगंज | जनता समाजवादी पार्टी (जसपा)मा नेपाल परिवार दलका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष पल्टन प्रसाद कुर्मी  प्रवेश गरेका छन्। आइतबार वीरगन्जमा जसपा पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा परिवार दलका केन्द्रीय सदस्यसहित १ सय जना जसपामा प्रवेश गरेका हुन्।

content ad p2

कार्यक्रममा नेपाल परिवार दलका केन्द्रीय सदस्य पटेलसँगै पर्सा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव उमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे लगायतका गरी १ सय जना जसपामा प्रवेश गरेको जसपाका केन्द्रीय सदस्य जनार्दन यादवले बताए।

खानेपानी मन्त्री  प्रदीप यादवले कार्यक्रममा नवप्रवेशीहरुलाई अबिर टीका लगाएर पार्टीमा स्वागत गरे। यादवले पर्सासहित मधेसका आठवटै जिल्लामा जसपामा प्रवेश गर्नेहरूको लहर नै चलेको बताए। अरू पार्टीका लोकप्रिय नेताहरू जसपाको नीति र विचारसँगै नेतृत्वबाट प्रभावित भएर प्रवेश गरिरहेको भन्दै उनले यसले जसपा दिन प्रतिदिन अझ सशक्त बन्दै गइरहेको पनि बताए।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर