११मघ्, वीरगञ्ज ।विजय शाह रौनियार घर धोबिनी गाउँपालिका–१पर्सा निवासी ले १९ वर्षकै उमेरमा नायब सुब्बा पदमा नियुक्ति लिने सफलता हासिल गरेका छन् ।
मधेस प्रदेशको प्रतिनिधित्व गर्दै रौनियारले लोकसेवा आयोगद्वारा आयोजित प्रतिस्पर्धात्मक परीक्षामा पहिलो प्रयासमै नाम निकाल्दै जिल्ला समन्वय समिति कार्यालय सिन्धुपाल्चोकमा सिफारिस हुन सफल भएका हुन् ।
उनको उपलब्धि सम्पूर्ण देशका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । सरकारी सेवामा सफलतापूर्वक प्रवेश गर्दै उनले प्रतिस्पर्धात्मक परीक्षाहरूमा निरन्तर मेहनत र दृढ इच्छाशक्ति भए कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
रौनियारले युवाहरूलाई सरकारी सेवामा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । “हामी सबैसँग कुनै न कुनै प्रतिभा छ । त्यसलाई पहिचान गरी सही दिशामा लगानी गर्न सक्यौँ भने सफलता अवश्य प्राप्त हुन्छ,उनले भने ।
नायब सुब्बाको जिम्मेवारी सम्हाल्न उत्साहित रौनियारले इमानदारी, पारदर्शिता र सेवा भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “यो त केवल मेरो यात्रा सुरु भएको हो । मेरो लक्ष्य समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजानु हो। म यस जिम्मेवारीलाई सदैव सम्मानपूर्वक पूरा गर्नेछु,” उनले भने।
गर्नेले जहापानी आफ्नो र देशको लागि गर्न सकिन्छ ,चाहना र मिहनेत गर्नुपर्छ भनि सबै युवाहरुलाई उताप्रेर्णा दिने कार्य गरेका छन् उनले |
विजयलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना |





