Lucky-Khabar_

मिरोज अहमदअखिल (क्रान्तिकारी) को केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित

११माघ, वीरगञ्ज ।मिरोज अहमद अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा  केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि २ जनाको उम्मेदवारी परे पनि दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् ।

content ad p2

अहमद यसअघि संगठनको केन्द्रिय सदस्यको भूमिकामा रहेर संगठनलाई सुदृढ बनाउने कार्यमा योगदान  दिएका  व्यक्ति हुन् । निर्वाचित भएपछि उनले विद्यार्थीका हकहित, शिक्षामा सुधार र प्रविधिसँगको समायोजनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

अहमदले भने, “विद्यार्थीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने मेरो प्रमुख लक्ष्य हुनेछ ।”

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर