Lucky-Khabar_

वीरगञ्जबाट स्रोत नखुलेको भा.रु. १ लाखसहित बाराका १ जना पक्राउ

१९ माघ, वीरगञ्ज ।वीरगञ्जबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ बस्ने वर्ष २२ को नितेश गुप्ता रहेका छन् ।

content ad p2

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको शसस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगञ्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई चेकजाँचको क्रममा रु १ लाख भा.रु. र नेपाली २ हजार ७ सय १५ फेला परेको थियो । रकमको बारेमा सोधपुछ गर्दा गुप्ताले स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

गुप्तालाई मोटरसाईकलको १ लाख ५० हजार, मोवाईल २१ हजार र स्रोत नखुलेका बरामद रकम सहित नेपाली रु ३ लाख ३३ हजार ७१५ मूल्यकंन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको धामीले जानकारी दिए ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर