Lucky-Khabar_

१३ वर्षीय बालिलाई ४४ वर्षीय पुरुष बलात्कार गरेको आरोपमा सँगै अर्का किशोर पक्राउ

२८ माघ, वीरगञ्ज ।  १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ ।

content ad p2

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर (नाम सार्वजनिक नगरिएको) रहेका छन् ।

बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीय किशोरीमाथि शनिवार बेलुकी उनीहरूले जबरजस्ती करणी गरेको आरोप छ ।

मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती किशोरी कक्षा ४ मा पढ्छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिवार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए ।

पकाएको मासु पुर्‍याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ । आफूलाई जबरजस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीको धनगढीमा पनि गएको बिहीबार १४ वर्षीय किशोरीमाथि बलात्कार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बोहराले जानकारी दिएअनुसार विद्यालयबाट फर्किँदा बाटो छेकेर युवकले चक्कु देखाएर डर त्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । आरोपी अझै पक्राउ परेका छैनन् । ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर