Lucky-Khabar_

गृह मन्त्रालयले ७ सीडीओ सहित गृहका १३ अधिकारीको सरुवा गरेको

६चैत्र,काठमाडौँ|गृह मन्त्रालयले ७ सीडीओ,सहसचिव र उपसचिवसहित १३ जना अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। बुधबार भएको निर्णयअनुसार मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो।

content ad p2

गृह मन्त्रालयका दिल कुमार तामाङलाई कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ भने हाल कपिलवस्तुमा रहेका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालय तानिएको छ।

सुर्खेतका प्रजिअ शंकरहरि आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई सुर्खेत पठाइएको छ।

उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरेलाई पर्वत जिल्ला प्रशासन कार्यालय पठाइएको छ भने गृह मन्त्रालयका प्रेम प्रसाद लुईँटेल उदयपुरका नयाँ प्रजिअ भएका छन्।

भविश्वर पाण्डे – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रजिअ,अरुण पोखरेल – गृह मन्त्रालय तानिए,कुमान सिंह गुरुङ – बागलुङ प्रजिअ,नेत्र प्रसाद सुवेदी – गृह मन्त्रालय तानिए आनन्द सारू – अछाम प्रजिअ,शिव प्रसाद लम्साल – गृह मन्त्रालय तानिए,केदारप्रसाद शर्मा – गृह मन्त्रालय तानिए,सरुवा तथा पदस्थापनपछि सम्बन्धित अधिकारीहरू छिट्टै आफ्नो कार्यक्षेत्रमा खटिने गृह मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर