Lucky-Khabar_

गृह मन्त्रालयले ७ सीडीओ सहित गृहका १३ अधिकारीको सरुवा गरेको

६चैत्र,काठमाडौँ|गृह मन्त्रालयले ७ सीडीओ,सहसचिव र उपसचिवसहित १३ जना अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ। बुधबार भएको निर्णयअनुसार मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो।

content ad p2

गृह मन्त्रालयका दिल कुमार तामाङलाई कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ भने हाल कपिलवस्तुमा रहेका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालय तानिएको छ।

सुर्खेतका प्रजिअ शंकरहरि आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई सुर्खेत पठाइएको छ।

उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरेलाई पर्वत जिल्ला प्रशासन कार्यालय पठाइएको छ भने गृह मन्त्रालयका प्रेम प्रसाद लुईँटेल उदयपुरका नयाँ प्रजिअ भएका छन्।

भविश्वर पाण्डे – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रजिअ,अरुण पोखरेल – गृह मन्त्रालय तानिए,कुमान सिंह गुरुङ – बागलुङ प्रजिअ,नेत्र प्रसाद सुवेदी – गृह मन्त्रालय तानिए आनन्द सारू – अछाम प्रजिअ,शिव प्रसाद लम्साल – गृह मन्त्रालय तानिए,केदारप्रसाद शर्मा – गृह मन्त्रालय तानिए,सरुवा तथा पदस्थापनपछि सम्बन्धित अधिकारीहरू छिट्टै आफ्नो कार्यक्षेत्रमा खटिने गृह मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित खबर

४ जना वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने पक्राउ

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर