Lucky-Khabar_

नेपाल प्रहरीमा जनपदतर्फ ६ डीआईजी एआईजीमा बढुवा, भावी आईजीपीको दौड सुरु

१६ वैशाख , काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा सरकारले बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार निर्णय गरेको हो।

content ad p2

बढुवामा हुने डीआईजीहरूमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी रहेका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको गत वैशाख ४ गते बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।

यो बढुवासँगै नेपाल प्रहरीको भावी महानिरीक्षक (आईजीपी) को दौड सुरु भएको छ। विद्यमान कानुनी व्यवस्था अनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा वर्तमान आईजी दीपक थापा आगामी भदौ १९ गते अवकाश हुनेछन्।

यदि नयाँ कानुन नआएमा, थापाकै ब्याचका तर दुई महिना ढिलो नियुक्तिपत्र पाएका चन्द्रकुवेर खापुङ वा कृष्णहरि शर्मा पोखरेलमध्ये एकजना ३२ औँ आईजीपी बन्ने सम्भावना छ। जसले उक्त पद पाउनेछ, उनले आगामी कात्तिक २६ गतेसम्म प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीमध्येबाट ३३ औँ आईजीपी नियुक्त हुनेछन्।

यसैबीच, भर्खरै बढुवा भएका एआईजी लालमणी आचार्यले आउँदो जेठ महिनामा अनिवार्य अवकाश पाउने भएका छन्। यससँगै प्रहरीमा एक एआईजीको पद खाली हुनेछ र सो पदमा बढुवामा छुटेका डीआईजीहरूलाई बढुवा गर्ने बाटो खुल्ने देखिएको छ।

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर