Lucky-Khabar_

प्रहरीमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यान्यी चिन्ह प्रदान

१७ बैशाख, काठमाण्डौ ।नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा आज आयोजित एक विशेष कार्यक्रममा भर्खरै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यान्यी चिन्हद्वारा सुशोभित गरिएको छ ।

content ad p2


सो समारोहमा प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई हार्दिक बधाई ज्ञापन गरे । र नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे।
महानिरीक्षक थापाले नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक एवं मानवश्रोत व्यवस्थापन र संगठनको बृहत्तर हितका लागि आवश्यक विभागीय कार्ययोजना, नीति निर्माण र दीर्घकालीन महत्वका रणनीतिक योजनाहरू निर्माणमा अझ बढी क्रियाशील र समर्पित भएर कार्यसम्पादन गर्न निर्देशन दिए।

उक्त दर्ज्यान्यी सुशोभन कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर