Lucky-Khabar_

पर्सा प्रहरी प्रमुखद्वारा मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया

१८बैसाख्,बिरगंज|जील्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा मातहत प्रहरी इकाइ प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

सो कार्यक्रममा समसामयिक परिस्थितिको विश्लेषण गर्दै विभागीय नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन, प्रहरी सेवा प्रवाहलाई अझ सुदृढ बनाउने, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, भन्सार छली तथा चोरी निकासी/पैठारी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका विषयहरूमा गहन छलफल गरिएको थियो।

प्रहरी उपरीक्षक मिश्रले उपस्थित सबै इकाइ प्रमुखहरूलाई आ-आफ्नो जिम्मेवारीमा थप सक्रिय, उत्तरदायी र नतिजामूलक भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको थियो।

content ad p2

सम्बन्धित खबर

४ जना वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने पक्राउ

लक्की खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर