Lucky-Khabar_

बाराको जीतपुर सिमरा उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण सुरु

२९ वैशाख,जीतपुर । बाराको जीतपुरस्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य पुनः सुरु भएको छ। बुद्ध जयन्ती तथा उभौली पर्वको अवसर पारेर आज बिहान एक कार्यक्रमका बीच भवन निर्माण कार्यको थालनी गरिएको हो।

content ad p2

सो उपमहानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको यो अधुरो भवनलाई संघले व्यवस्थित सभाहलको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार, कुल १३ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुने यो सभाहल जीतपुरसिमरा उपमहानगरपालिका भित्रकै एक व्यवस्थित हल बन्नेछ।

जीतपुरसिमरा–७ मा अवस्थित संघको कार्यालय भवनको माथिल्लो तल्लामा सभाहल निर्माण कार्य आर्थिक अभावका कारण रोकिएको थियो। जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा यसलाई समावेश गरी आवश्यक बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको हो।

सम्बन्धित खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

रोकिएको पर्सा यातायात कार्यालयको भवन निर्माण तत्काल अघि बढाउने मन्त्री थापाको प्रतिबद्धता

लक्की खबर

JHARIMAI CONSTRUCTION ले सुरु गर्‍यो निर्माण सेवा

लक्की खबर