Lucky-Khabar_

मा मायादेवी मेमोरियल अस्पताल कलैयाको उदघाटन

१जेष्ठ,कलैया।बाराको सदरमुकाम कलैयामा मा मायादेवी मेमोरियल अस्पतालको उद्घाटन सम्पन्न भएको छ । अस्पताल उद्घाटन कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले गरेका छन ।

मेयर साहले आफ्नो सम्बोधनमा अस्पतालको स्थापनाले स्थानीय स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरे। उनले अस्पतालले आधुनिक चिकित्सा उपकरणहरू र दक्ष स्वास्थ्यकर्मीहरूको सहयोगमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। मेयर साहले अस्पतालको भूमिकालाई प्रशंसा गर्दै, यसले कलैया नगर छेत्र मात्र हैन क्षेत्रीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बिश्वास एफ एमका निर्देश्क वरिष्ठ सन्चार कर्मी साजिर मन्सुरलेकलैयालाई स्वास्थ्यको हब बनाउने उदेश्यमा यस अस्पताल को पनि सहयोग थपिएको बताए । अन्य अस्पताल जस्तै रेफर अस्पताल को रुपमा यो अस्पताल नबनाउन र गरिब बिपन्नका लागि सस्तोमा सेवा दिन अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराए । मन्सूरले गरिब असहाय र ज्येष्ठ नागरिकका लागि अस्पतालले बिशेष प्राथमिकता दिन माग गरे । उनले आजको युगमा आवस्यक पर्ने हरेक राम्रा प्रबिधि को ब्यवस्थापन गर्न र दक्ष चिकित्सक को ब्यवस्थापन गर्न सुझाव दिए ।

content ad p2

अस्पतालका सन्चालक फिजिसियन तथा बाथ रोग विशेषज्ञ डिएसपी डा.सुरेन्द्र प्रसाद साहले २४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने जानकारी गराए । डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बताएका छन ।

समारोहमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादव,जनमत पार्टी को केन्द्रिय सदस्य बिकाश सिंह ,नेपाल स्काउट का रास्ट्रीय प्रशिक्षक एवम पुर्व कार्यक्रम आयुक्त भरत साह,कलैया ३ का अध्यक्ष मोहन साह कानु,युवा नेता शशी दास,नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश सदस्य साजिर मन्सूर,जिल्ला उपाध्यक्ष पन्नालाल दास,पुर्व उपाध्यक्ष रामबाबु मेहता,पुर्व प्रहरी नायब निरीक्षक राम आर्य, नुर आलम बादशाह सहित स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, र नागरिक समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अस्पतालका ब्यवस्थापक बिनोद पास्वानले कार्यक्रममा स्वागत गरेका थिए ।

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

कांग्रेसका पूर्वसभापति अमात्यलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

लक्की खबर