लालबाबु सिंह,राम आर्य
१२ जेष्ठ वीरगन्ज । स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पसले आइतबार रक्तदान कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न गरेको छ । क्याम्पस प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ६१ जनाले रक्तदान गर्नु भएको छ ।

रक्तदान गर्ने हरुमा प्रीती पटेल,राहुल सिंह राजपुत, जय नेपाल चौरसिया,राजु पटेल,गुडडु पटेल,सकलेन मुस्ताक ,आलोक सिंह ,रिकेश यादव,,राहुल साह,बृजकिशोर गोसाई, सुहेल अन्सारी ,प्रेम सागर,इम्तियाज हुसेन, प्रेम सागर चौधरी,उज्ज्वल उपाध्याय लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन ।

स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम क्याम्पस का सभापति राजकुमार यादवको अध्यक्षता एवं नेपाली काङ्ग्रेसका युवा नेता अरविन्द गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिशिस्ट अतिथी क्याम्पस प्रमुख रन्जित प्रसाद यादव,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल,प्राध्यापक संघका पुर्व सभापति प्रमोद कुश्वाहा ,जसपा पर्सा अध्यक्ष रामनरेश यादव,पुर्व स्ववियु सभापति बैकुण्ठ श्रीवास्तव ,वरिष्ठ समाजसेवि प्रकाश उपाध्याय, वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,समाजिक अभियन्ता राजेन्द्र भट्टराई ,अस्थायी प्रहरी पोस्ट आदर्शनगरका प्रनानि प्रदिप कुमार गोले ,लगायत प्राध्यापक, विद्यार्थी लगायत स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा सभापति यादवले रक्तदान नै जिवनदान भएकोले र अहिलेको समयमा वीरगन्ज आसपासको क्षेत्रमा रगतको अभाव भैरहेकोले रक्तसञ्चार केन्द्रको आग्रहलाइ आत्मसात गरि स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी गराउदै हाम्रो छोटो निम्तोलाइ स्विकार गरि आआफ्नो शरिरको अमुल्य अन्श रगत दान गरि मानवता बलियो बनाउने सम्पुर्ण रक्तदाता एवं सहयोगी हातहरु प्रती आभार जताउनु भयो ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सौरभ राज पाण्डेको नेतृत्वमा मनिश गुप्ता लगायतको स्वयंसेवक टोलिले रक्तदान कार्यक्रममा रक्तदाताहरुलाइ सघाएका थिए ।



