Lucky-Khabar_

एक भारतीय युवक वीरगन्जकी बालिकालाई बिहेको प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा पक्राउ

१३ जेठ,वीरगञ्ज ।प्रहरीले एक भारतीय युवकलाई वीरगन्जकी १४ वर्षीया बालिकालाई बिहेको झूटो प्रलोभन दिँदै भारतमा लगेर ६ महिनासम्म राखेर बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

content ad p2


पक्राउ पर्नेमा भारत घर भई हाल वीरगन्ज महानगरपालिका-१५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन्।
उक्त बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार भिस्वामा डेरा लिएर बस्दै आएका पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन्। त्यही बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए।


पीडित बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए। ती बालिकालाई भारतमा ६ महिनासम्म आफूसँग राखेका पासवानले यही जेठ ११ गते वीरगन्जमा ल्याई छाडेर फरार भएका थिए।

पछि ती बालिकाले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई जेठ १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। पीडित भनिएकी बालिकाले भारतमा लगेर राखेका पासवानले आफूसँग पटक-पटक बलात्कार गरेको बयान दिएको लम्सालले बताए।

प्रहरी हिरासतमा राखेर पक्राउ गरिएका पासवानविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर