Lucky-Khabar_

पर्सा प्रहरीद्वारा बलात्कारको अभियोगमा दुई जना पक्राउ

१४ जेठ, वीरगञ्ज ।पर्सा प्रहरीद्वारा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवानलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार, विशाल यादवलाई एक किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । यसैगरी, भारतीय नागरिक मनिष पासवानलाई पनि सोमबार यस्तै प्रकृतिको अभियोगमा नियन्त्रणमा लिइएको छ। अभियुक्त पासवानमाथि एक किशोरीलाई प्रलोभनमा पारी भारतमा लगी पटकपटक करणी गरेको आरोप लागेको छ ।

पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा यादव र पासवान दुवैलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।

content ad p2

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर