Lucky-Khabar_

नारायणी अस्पतालको भवन विवादका कारण बनेन

८ मंसिर, वीरगञ्ज ।नारायणी अस्पतालकोे भवन विवाद टुङ्गो नलाग्दा ५ वर्षदेखि निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई पाँच सय शै्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जनाएको छ ।

content ad p2


अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उहाँले बताउनुभयो । सर्वाेच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको उनले जानकारी दिए ।

वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

ब्रेन ट्यूमर भएपछि अभिनेत्री दिपाश्री निरौलाको सफल शल्यक्रिया, स्वास्थ्य सुधारोन्मुख

लक्की खबर