Lucky-Khabar_

चीनमा देखा परेको एचएमभिपी भाईरस भारतमा २ बालकमा देखियो

२२ पुस,काठमाण्डौ। भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमो भाइरस (एचएमभिपी) संक्रमित २जनामा फेला परेका छन ।

content ad p2

३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।

एचएमभिपी भाईरस भारतमा यो पहिलो देखा परेको घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ ।

संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाइ कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वास सम्बन्धी रोगहरूको निगरानी गर्न जारी प्रयासहरू भइरहेका छन ।


चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू गर्दा मौसमी परिवर्तनले देखा परेका छन् । यी भाइरसहरू एक
अर्कासँग मिल्दोजुल्दो देखिएका छन्।

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दैन। यद्दपी, बैंग्लरूमा २ बिरामि देखा परे पछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लडन आवाश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर