२३ फागुन,वीरगंज ।क्रियाशील युवा पत्रकार मञ्च नेपाल वीरगंज पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् ।

वीरगंजको घण्टाघरमा मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षता अयोजना भएको रक्तदानको उद्घाटन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।
कार्यक्रमको सह–सहयोगी सेसमी इन्टरनेशनल सेकेन्डरी स्कुल प्रगतिनगर वीरगंज रहेको थियो भने कार्यक्रममा प्रविधिक सहयोग रेडक्रम सोसाइटी व्लड बैंकले गरेको थियो । रहेक बर्ष मञ्च बिभिन्न समाजिक कार्य गर्दै आएको छ ।


