२४ चैत,वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका ५ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सहित १६ जनाको जिम्मेवारी हेरफेर गरेको छ ।प्रहरी मुख्यालयले गएराती गरेको २३ गतेको निर्णयानुसार मधेश प्रदेशका ५ जिल्लाका १६ जना एस.पी.हरुको काज/सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालयले बाराको एस.पी.मा महेन्द्र खड्कालाइ सरुवा गरेको छ भने रौतहट प्रहरी प्रमुखमा एस.पी दिलिप घिमिरेलाई गरिएको छ ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एस.पी शान्तिराज कोइरालाई पठाइएको छ ।यसअघि नुवाकोटमा प्रहरी प्रमुख एस.पी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुख रिक्त रहेको थियो ।



